४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरेका अनेरास्ववियुका विद्यार्थी नेताबाट कुटिए प्रहरी



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । काठमाडौँको ठमेलमा बिहीबार राति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि हातपात भएको छ ।

एमाले निकट अनेरास्ववियुका नेताहरुले ठमेलस्थित अमृत साइन्स क्याम्पस अस्कलमा प्रहरीमाथि नै कुटपिट गरेका हुन् ।

प्रहरी वृत्त दरबारमार्गबाट मोटरसाइकलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्टमाथि हातपात भएको दरबारमार्ग प्रहरीले जनाएको छ । हातपात गर्नेहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

हातपात गर्नेहरुमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी, रमेश फुलारा, गणेश शाही, दिनेश सिग्देल, गोपालजंग शाहीलगायत ६ जना रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा ड्युटीमा गएका प्रहरीले मापसे गरेर होहल्ला गर्दै हिँडेका विद्यार्थी नेताहरुलाई सम्झाउन खोज्दा उल्टै आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सिसिटिभी फुटेज मगाएर अनुसन्धान सुरु गरिएको छ । आक्रमण गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।