३ असार २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभाको बैठक सुरु जनकपुरमा ‘ट्राफिक सप्ताह २०८३’ को शुभारम्भः सडक सुरक्षा र प्रविधिमैत्री अनुसन्धानमा जोड सुनचाँदीको मूल्यमा सामान्य गिरावट पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड लुम्बिनीको बजेटः खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित सिंहदरबारमा रास्वपा सभापति लामिछाने र मधेस प्रदेश सांसदबिच अधिवेशनबारे छलफल विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरेका अनेरास्ववियुका विद्यार्थी नेताबाट कुटिए प्रहरी



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । काठमाडौँको ठमेलमा बिहीबार राति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि हातपात भएको छ ।

एमाले निकट अनेरास्ववियुका नेताहरुले ठमेलस्थित अमृत साइन्स क्याम्पस अस्कलमा प्रहरीमाथि नै कुटपिट गरेका हुन् ।

प्रहरी वृत्त दरबारमार्गबाट मोटरसाइकलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्टमाथि हातपात भएको दरबारमार्ग प्रहरीले जनाएको छ । हातपात गर्नेहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

हातपात गर्नेहरुमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी, रमेश फुलारा, गणेश शाही, दिनेश सिग्देल, गोपालजंग शाहीलगायत ६ जना रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा ड्युटीमा गएका प्रहरीले मापसे गरेर होहल्ला गर्दै हिँडेका विद्यार्थी नेताहरुलाई सम्झाउन खोज्दा उल्टै आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सिसिटिभी फुटेज मगाएर अनुसन्धान सुरु गरिएको छ । आक्रमण गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।