४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राइसकुकर मिस्त्रीलाई ‘जबरजस्ती करणी मुद्दामा फसाइदिने’ भन्दै हनी ट्रयापमा पार्ने महिला पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले राइस कुकर बनाउने मिस्त्रीलाई ब्ल्याकमेल गरी रकम असुली गर्न खोज्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर ८ स्थायी ठेगाना भई काठमाडौं कुलेश्वर बस्दै आएकी २८ वर्षीया अस्मिता आचार्य रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बुधबार पक्राउ गरेको हो ।

उनले त्यहीँ राइस कुकर मर्मत गर्ने तराईमूलका एक पुरुषलाई आफ्नो प्रभावमा पार्दै विभिन्न रेष्टुरेन्ट तथा मनोरञ्जनस्थलमा लगेर आफूतर्फ आकर्षित पारेकी थिइन् ।

निकट सम्बन्ध भएपछि उनले १० लाख रूपैयाँ समेत माग गरिन् । पीडितले त्यत्तिका रकम दिन नसक्ने भएपछि पहिलो चरणमा ३ लाखको चेक र अरु रकम एकसाताभित्र दिनुपर्ने बताइन् ।

आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ती महिलाले मिस्त्रीलाई राइस कुकर बनाउने बहानामा पटकपटक मोबाइलमा सम्पर्क गरी माग गरेअनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने तथा प्रहरी र परिवारलाई पनि भनिदिने भन्दै ‘बार्गेनिङ’ गरेकी थिइन् ।

पक्राउ परेकी आचार्य विवाहित रहेको र उनका पति अष्ट्रेलियामा भएको खुलेको छ ।