३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अदालतमा उपस्थित नभए कंगनाविरुद्ध पक्राउ पुर्जी जारी हुने

अदालतमा उपस्थित नभए कंगनाविरुद्ध पक्राउ पुर्जी जारी हुने
अ+ अ-

मुम्बइ । जावेद अख्तरको मानहानि मुद्दामा कंगना रनौतको समस्या बढ्दै गएको देखिन्छ। मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ । उनी पक्राउ गर्न सकिने भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसअघि अदालतले कंगनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कंगना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ ।

कंगना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन् । यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ । कंगनाका वकिल रिजवान सिद्दिकीले बान्द्रा अदालतलाई भने कि उनी संसदको काममा व्यस्त थिइन र जसका कारण सुनुवाईमा उपस्थित हुन नसकेकी हुन् ।

कंगना रनौत सुनुवाईमा उपस्थित नभएको कारण जावेत अख्तरका वकिल जय के भारद्वाजले निवेदन दिएका थिए । कंगना रनौत विरुद्ध गैर जमानती वारेन्ट जारी गर्न माग गरिएको थियो । भारद्वाजले करिब ४० वटा पेशीमा अदालतको सुनुवाइमा अभिनेत्री उपस्थित नभएको दावी गरेका थिए ।