५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुको टिप्पणी:अभिभूखीकरण कार्यक्रम पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस भयो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पोखरामा आयोजित कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिको अभिभूखीकरण कार्यक्रम जग हँसाई भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक संञ्जालमा घिमिरेले लेख्नु भएको छ -अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको छ।यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ।

उहाँले लेख्नु भएको छ-

नेपाली कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको छ।यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ।यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियोे।यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ।तथापि पार्टी भनेको पद ओगटेका दुई चार व्यक्ति मात्र होइनन्,मूलत:आठ लाख साठी हजार कृयाशिल सदस्य हुन्।पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो।पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाई भएको छ।जय नेपाल !!

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मंगलबार बाट सुरु भएको अभिमुखीकरण कार्यक्रम बुधबार समापन हुदैछ ।