३ असार २०८३, बुधबार
,
Latest
अमेरिका–इरान सम्झौता घोषण पछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु एभरेष्ट बैंक र नागरिक लगानी कोषबीच अवकाश कोष व्यवस्थापन गर्न सम्झौता सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण प्रधानमन्त्रीले सीमबारे राष्ट्रघाती अभिव्यक्ति दिनु भयो, आम जनतासँग माफी माग्नु पर्दछः एमाले सांसद राना अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार एमालेको आत्म समीक्षा र पुनर्गठन अभियानलाई नेता पोखरेलले दिए शुभकामना रास्वपाले गर्‍यो प्रथम राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेकोमा नेकपाको आपत्ति प्रधानमन्त्रीको अभिव्यक्तिबारे रुलिङको माग गर्दै विपक्षीको लगातार दबाब, सभामुखको भूमिकामाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ: अध्यक्ष दाहाल



अ+ अ-

ढोरपाटन । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताउनुभएको छ । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताउनुभयो ।

विगतका कमीकमजोरीलाई समीक्षा गरेर माओवादी केन्द्र अगाडि बढेको हुँदा वडा तहबाटै सङ्गठन राम्रो हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ । पछिल्लो समय सात वटै प्रदेशबाट माओवादी केन्द्रमा आउने नेता तथा कार्यकर्ताको सङ्ख्या ठूलो रहेको भन्दै उहाँले अब पहिलो पार्टी बन्न धेरै समय नलाग्ने दाहालले दाबी गर्नुभयो ।

पछिल्लो समय माओवादीका लागि ठूलो अवसर आएको भन्दै अध्यक्ष दाहालले सरकारलाई सही बाटोमा ल्याउन विपक्षी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेकाले कार्यकर्ताले राम्रो कामको प्रचार गर्नुपर्नेमा उहाँको जोड छ ।

माओवादीनै परिवर्तनको वाहक भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले माओवादी सरकारले गरेका सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र भ्रष्टाचार विरोधका पक्षमा जनताको चासो रहेको हुँदा सङ्गठन निर्माणमा थोरै मेहनत गरे पार्टीलाई पहिलो बनाउन समस्या नहुने बताउनुभयो ।