२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट अवैध सुनसहित एक महिला पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई ९८ ग्राम सुनसहित पक्राउ गरेको हो ।

थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी तामाङको साथबाट प्रहरीले सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।