३ असार २०८३, बुधबार
,
Latest
कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग भारतको निर्यात अवरोधले इलामका ८३ चिया उद्योग बन्द, कूटनीतिक पहल गर्न सरकारसँग सांसद राईकाे माग सभामुख अर्याल र बङ्गलादेशी राजदूतबीच शिष्टाचार भेट अमेरिका–इरान सम्झौता घोषण पछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु एभरेष्ट बैंक र नागरिक लगानी कोषबीच अवकाश कोष व्यवस्थापन गर्न सम्झौता सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण प्रधानमन्त्रीले सीमबारे राष्ट्रघाती अभिव्यक्ति दिनु भयो, आम जनतासँग माफी माग्नु पर्दछः एमाले सांसद राना अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार एमालेको आत्म समीक्षा र पुनर्गठन अभियानलाई नेता पोखरेलले दिए शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द



अ+ अ-

एजेन्सी । अमेरिकाले शनिबारदेखि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को वेबसाइटसमेत बन्द (अफलाइन)गरेको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै ट्रम्प प्रशासनले यस्तो कदम चालेको हो ।

अमेरिकी कंग्रेसमा रहेका डेमोक्र्याटहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा युएसएआइडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

डेमोक्रयाटहरूका अनुसार अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानुनी अधिकार छैन र युएसएआइडीको काम राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ । उता ट्रम्प र रिपब्लिकन सदस्यहरूले अधिकांश विदेशी सहायता र विकास कार्यक्रम बेकार रहेको बताउँदै आएका छन् । यसले उदार सामाजिक अजेन्डालाई प्रश्रय दिएको उनीहरूको दाबी छ ।

ट्रम्प प्रशासनले अमेरिकाले मानवीय विकास र सुरक्षा सहायताअन्तर्गत विश्वका कैयौं देशलाई उपलब्ध गराउँदै आएको अर्बौं डलर बन्द गरेको दुई सातापछि अमेरिका युएसएआइडीविरुद्ध अझ कडा प्रशासनिक कारबाही गर्ने दिशामा उद्यत् देखिएको छ ।

मानवीय सहायताका हिसाबले अमेरिका अहिलेसम्म विश्वकै सबैभन्दा ठुलो दाता हो । तर उसले आफ्नो बजेटको १ प्रतिशतभन्दा कम विदेशी सहायतामा खर्च गर्छ, जुन समग्रमा अन्य कैयौं देशको तुलनामा कम अनुपात हो ।

युएसएआइडीका कर्मचारीहरूले शुक्रबार र शनिबार च्याट समूहमा यो संस्थाको आगामी भविष्यको अनुमान गर्दै बिताएका थिए । उनीहरू यो संस्थाको झन्डा र प्रतीक चिह्नहरू अझै पनि वासिङ्टनस्थित मुख्यालयमा छन् वा छैनन् भनेर अद्यावधिक गरिरहेका थिए । शनिबार अबेरसम्म ती जस्ताका तस्तै थिए ।

उता अमेरिकी सरकारको उक्त कदमको प्रशंसा गर्दै इलन मस्कले युएसएआइडीलाई लक्षित गर्दै ‘कार्यकारी आदेशबाट बाँचेको र कार्यकारी आदेशबाटै अवसान भएको’ बताएका छन् ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै अर्थात् जनवरी २० मै विदेशी सहायतामाथि ९० दिनका लागि तत्काल रोक्का गरिने घोषणा गरेका थिए । यो घोषणसँगै विश्वभर हजारौं कार्यक्रम बन्द भएका थिए र हजारौं कर्मचारीले रोजगारी गुमाएका थिए ।

रिपब्लिकनहरू युएसएआइडीको भूमिकामा बढी नियन्त्रण गर्न चाहन्छन् भने डेमोक्र्याटहरू यसको स्वायत्ततामा जोड दिँदै आएका छन् ।