२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी कैदी रिहा



अ+ अ-

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार हमाससँग जारी युद्धविराम सम्झौता अन्तर्गत चौथो वन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।

प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीहरूले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । मुक्त गरिएका कैदीहरूमध्ये १५० गाजा पट्टीका, ३२ वेस्ट बैंकका र बाँकी एक, जसको इजिप्टको नागरिकता छ ।

पश्चिम बैंकका कैदीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो । जबकि दक्षिणी इजरायलको केट्जियोट जेलबाट रिहा गरिएका गाजाका कैदीहरूलाई इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ ।

प्यालेस्टिनी मुक्ति संगठनको कैदी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात कैदीहरूलाई देश निकाला गरिनेछ ।