२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजक टाइगर ग्रुपले जित्यो टाइगर कपको उपाधि



अ+ अ-

पोखरा । आयोजक टाइगर ग्रुपले पाँचौ टाइगर कप भलिबलको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा टाइगर ग्रुपले साविक विजेता एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै ३–२ को सेटमा हराउँदै उपाधिमाथि कब्जा गरेको हो ।

फाइनलसम्म अपराजित एपीएफले अन्तिम खेलमा पराजित हुँदा उपाधि रक्षा गर्न सकेन । टाइगर ग्रुपले खेलमा दुई पटक पछि परेको स्थिती उल्टाउदै पुनरागमन जित निकालेको हो ।

पहिलो सेट एपीएफले २५–१७ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । जहाँ टाइगर ग्रुपले टाई ब्रेकमा २९–२७ ले सेट आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो । तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै एपीएफले फेरि अग्रता लियो ।

तर चौथो सेटमा टाइगर ग्रुपले पुनरागमन गर्दै २५–१६ ले सेट आफ्नो पक्षमा पार्दा खेल पाँचौ सेटसम्म लम्बियो । पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर घरेलु समर्थकको साथ पाएको टाइगर ग्रुपले पाँचौ सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै खेलमात्रै जितेन उपाधि नै जित्यो ।

आयोजक टोलीले पहिलो पटकमै उपाधि जितेको हो । च्याम्पियन टाइगर ग्रुपले उपाधिसँगै ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच आजै प्रतिस्पर्धा हुँदैछ ।