१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

संविधान संशोधनको बहस नै हुन छोड्योः विमलेन्द्र निधी

संविधान संशोधनको बहस नै हुन छोड्योः विमलेन्द्र निधी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताउनुभएको छ ।

शनिवार साँझ जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उहाँको गुनासो थियो । उहाँले संविधान संशोधनको मुद्दालाई नेपाली काँग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताउनु भयो । नेता निधीले संविधान संशोधनको लागि दुई तिहाई आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको बहस नै भइरहेको छैन । नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सात बुँदे जुन सहमति भयो, सत्ता गठबन्धनको लागि संविधान संशोधन गर्ने भनेर राखियो । त्यो कारणले अलिकति बढी चहलपहल ल्याएको छ । यो सेन्सेसनलाई क्यापिटलाइज नेपाली काँग्रेसले गरेको छ । संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ । कानून निर्माण र कानून संशोधनको लागि दुई तिहाई चाहिँदैन । संसदमा बहुमत भए पुग्छ ।’

नेता निधीले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।