३ भाद्र २०८३, बुधबार
,
Latest
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने



अ+ अ-

काठमाडौं। ज्ञान निकेतन र नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई विधाको उपाधिका लागि भिड्ने भएका छन् ।

शनिबार भएको सिनियर र जुनियर ब्वाइजको सेमिफाइनलमा आ–आफ्नो प्रतिद्वन्द्वीमाथि जित निकाल्दै ज्ञान निकेतन र नेरिकले उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले मातृभूमिलाई ५९–४६ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा सवाज मन्सुरले २५ अंक योगदान गरे । अर्को सेमिफाइनलमा सुशल मगरको १८ अंक सहयोगमा नेरिकले आयोजक इनोभेटिभलाई ४०–३३ ले हरायो ।

जुनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २६–२० तथा नेरिकले केयर इङलिसलाई ३२–२० ले पाखा लगाए । ज्ञान निकेतनका करण राईले १४ तथा नेरिकका सविन खत्रीले १८ स्कोर गरे ।

सिनियर गल्र्समा भने ज्ञान निकेतन फाइनल पुग्नबाट वण्चित भयो । सेमिफाइनलमा रोज बडले ज्ञान निकेतनलाई १९–१० ले रोक्यो । रोज बडकी स्वच्छता श्रेष्ठले ९ अंक जोडिन् । फाइनलमा रोज बडको भेट मातृभूमिसंग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमिले रिब्समाथि १९–१५ को जित दर्ता ग¥यो । मातृभूमिकी साइजा श्रेष्ठले ८ अंक बटुलिन् । फाइनल आइतबार हुनेछ ।