काठमाडौं । गायिका एलिना चौहानले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराउनु भएको छ ।
काठमाडौ जिल्ला अदालतमा वारेश विष्णु खरेल मार्फत चौहानले मुद्दा दर्ता गराउनु भएको हो । बाग्लुङ घर भै हाल अस्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटा संग चौहानको गत बैशाख ५ गते बिवाह भएको थियो ।
केही समयको प्रेमपछि उनीहरुले लगनगाँठो कसेका थिए ।
श्रीमान विष्णु सापकोटाले मानसिक यातना दिएको र सम्बन्ध राम्रो नभएको भन्दै एलिनाले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराएको फिराद पत्रमा उल्लेख छ ।