१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सरकारले ल्याएको अध्यादेश संविधान र कानूनसम्मत छः अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश संविधान र कानूनसम्मत छः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको अध्यादेश संविधान र कानूनसम्मत रहेको उल्लेख गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ताका लागि प्रश्ताव गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले निरकुंशता,संसद चल्न वा समितिको क्षेत्राधिकारका विषयमा उठेका प्रश्न जाहेज नभएको बताउनु भयो । उहाँले सरकारले अध्यादेश ल्याएर निरकुंशता,संसद चल्न वा समितिको क्षेत्राधिकारका मिच्न नखाजेको बताउनु भयो । उहाँले सरकारले संसदलाई छल्न नखाजेको बताउनु भयो । उहाँले अध्यादेश गैरकानूनी र गैरसंवैधानिक अभ्यास तथा संविधानले प्रावधान गरे अनुरुप अध्यादेशको बाटोमा हिँडेको बताउनु भयो। उहाँले सरकारले ल्याएको अध्यादेश संविधान र कानून संम्वत रहेको बताउनु भयो । उहाँले सरकारले शुक्रवार नै संसदमा अध्यादेश टेबल गर्ने र ६० दिनभित्र विधेयक पारित गर्ने योजना सरकारको रहेको बताउनु भयो ।

उहाँले नयाँ बजेटको प्रारम्भ गर्ने समय भएको र बजेट सिलिङ निर्धारण लगायत विषय शुरु गर्नुपर्ने भएकाले समिति हुँदै संसदबाट विधेयक पारित हुँदासम्म लामो समय लाग्ने, बजेट सम्बन्धि कार्य प्रभावित हुने देखिएकाले बजेट निर्माणको विषयमा सहजता होस् भन्ने उद्देश्यबाट अध्यादेश ल्याएको दाबी गर्नुभयो । उहाँले समितिमा भएको विधेयकमा भएको समय तालिकाको परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेश आएको बताउनु भयो । उहाँले समितिमा पेश भएको विधेयकहरु विगतमा पनि अध्यादेशमार्फत ल्याउने अभ्यास रहँदै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नयाँ बजेटको प्रारम्भ गर्ने समय भएको छ । बजेट सिलिङ निर्धारण लगायत अन्य कुराहरु छन् । समिति हुँदै संसदबाट विधेयक पारित हुँदासम्म लामो समय लाग्ने बजेट सम्बन्धि कार्य प्रभावित हुने देखियो । बजेट निर्माणको विषयमा सहजता होस भन्ने उदेश्यको साथमा अध्यादेश ल्याएको हो । समितिमा भएको विधेयकमा भएको समय तालिकाको परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेश भएको हो । सिलिङ,बजेटको सिद्धान्त प्राथमिकता लगायतका विषयहरु स्रोत र खर्च व्यवस्थापनलाई अध्यावधिक गराउनु पर्ने छ । बजेट निर्माण र कार्यान्वयनका विषयमा अनुसाशन तर्फ फर्कनुपर्ने अवस्था छ । सिमित स्रोतबाट उच्चतम प्रतिफल गर्नु पर्ने अवस्थामा छौं । त्यसलाई समेत मध्यनजर गरेर अध्यादेश भएको थियो । समितिमा पेश भएको विधेयकहरु विगतमा पनि अध्यादेश मार्फत ल्याउने अभ्यास भएको छ । रेल्वसम्बन्धि विधेयक संसदमा छलफल भइरहेको अवस्थामा अध्यादेशमार्फत ल्याएको थियो । संविधान,कानून र अभ्यासका आधारमा अध्यादेश आएको हो । समितिमा विचाराधिन रहेको विधेयकलाई सरकारले फिर्ता लिएको छ । संसदमा विधेयक फिर्ता सहितको प्रश्ताव पेश गर्न माग गर्नुभयो । निरकुंशता,संसद चल्न वा समितिको क्षेत्राधिकारका प्रश्न उठेका छन् । सरकारले संसदलाई छल्न खाजेको छैन । सबैलाई अध्यादेश गैरकानूनी र गैरसंवैधानिक अभ्यास होइन । संविधानले प्रावधान गरे अनुरुप अध्यादेशको बाटोमा हिडेका छौं । सरकारले ल्याएको अध्यादेश संविधान र कानून सम्मत छ । संसद छलेर अध्यादेश कायम रहन सक्दैन । अध्यादेश ६० दिनभित्र संसदमा पेश भएर पारित हुनुपर्छ । ६० दिनमा पास गर्ने वा फेल गर्ने संसदको काम हो । सरकारले ल्याएका ६ वटा अध्यादेश सांसदले पास गर्न चाहे पासगर्छ । आज नै अध्यादेशहरु संसदमा टेवल गर्दैछ ।’

उहाँले सरकारले संसद छलेर अध्यादेश नल्याएको दाबी गर्दै संविधान र कानूनसम्मत रहेको उल्लेख गर्नुभयो ।