२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिका तामाङलाई बयानका लागि अदालत उपस्थित गराइयो



अ+ अ-

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई बयानका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेको अनुसार आपराधिक उपद्रव सम्बन्धी कसुरमा थुनछेक प्रयोजनको लागी तामाङलाई अदालत उपस्थित गराईएको हो ।

उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

सूर्यबिनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । कर लिने निर्णयको विरोध गर्दै तामाङले तामाङले ४ असोज २०८१ मा कर्मचारीहरूबाट रसिद खोसेर जलाएको भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन् । नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।

१४ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर रिहा भएकी तामाङलाई सोहि दिन भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।