७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बतउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बतउनु भयो । उहाँले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसियुमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताउनु भयो । उहाँले आइटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि काम गरिरहेको छ । हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौँ । अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ । त्यही उद्देश्यका साथ कानूनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरु सबै जुन बाधकहरु थिए, त्यसलाई हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौँ । यो अध्यादेशले धेरै कुराहरु फुकाएको छ भन्ने मलाई लाग्छ । एआईको एप्लाई कसरी गर्ने भन्ने सबैको चासो थियो । आइटी सेक्टरलाई इण्डस्ट्रीको रुपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो । सबै व्यवसायीहरुको चाहना के थियो भने आइटी सेक्टरमा काम गरिरहेका उद्योग, व्यवसायहरु उनीहरुले आफ्नो कम्पनीको संस्थाको सहायक संस्थाहरु अरु देशमा पनि खोल्न पाउने परिस्थिति बनोस्, हामीले उनीहरुको प्रतिष्पर्धामा भाग लिन पाइयोस्, त्यहाँ पनि लगानी गर्नसके धेरे विकास गर्न आइटी सेक्टरमा सकिन्छ, नेपाल सरकारको राजश्व पनि वृद्धि गर्न सकिन्छ भन्नुभएको थियो ।’

मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताउनु भयो । अध्यादेशले यसको प्रवन्ध गरिएको र आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको बताउनु भयो । यस महिनाभित्र एआईको पोलिसी बनाइसक्ने बताउनु भयो ।