२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भ मेलाको भागदौडमा ३० जनाको मृत्यु, ६० जना घाइते



अ+ अ-

काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये २५ जनाको सनाखत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ मेला अधिकृत विजय किरण आनन्द र डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरी भागदौडमा ३० जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

डीआईजी वैभव कृष्णले भने, ‘भागदौडमा ३० जना भक्तजनको मृत्यु भयो। ६० जना घाइते भएका छन्। २५ वटा शवको पहिचान भइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा धेरै १९ जना उत्तर प्रदेशका, ४ जना कर्नाटकका र १/१ जना गुजरात र आसामका छन्।’

मेला लागेको ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन् ।

अधिकारीहरूका अनुसार १३ जनवरीमा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन् । कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ ।