१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै

एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै
अ अ+ अ-

एजेन्सी । एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् ।

चिनियाँहरूले सन् २०२५ को वसन्त महोत्सवका लागि लगातार आठवटा सार्वजनिक बिदा पाउँछन् । यसमा खाना बाँड्ने, परम्परागत प्रदर्शनहरू हेर्ने र पटाका तथा आतसबाजी गर्ने अवसर पाउँछन् ।

वार्षिक रूपमा हुने यस जनसङ्ख्या स्थानान्तरणमा लाखौँ मानिस आफ्ना प्रियजनहरूसँग बिदा मनाउन घर फर्किने क्रममा देशभरका रेल स्टेशन र विमानस्थलहरू हप्तौँदेखि भीडभाडले भरिएका छन् । यसले यस वर्ष रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।

दक्षिण कोरिया, सिङ्गापुर, भियतनाम र थाइल्यान्डसहित पूर्वी र दक्षिणपूर्वी एसियाका धेरै भागमा उच्च सडकहरू, सपिङ मलहरू, कार्यालयहरू र घरहरू चाडपर्वको रातो ब्यानरहरूले सजाइएको छ ।

ताइवानमा बुधबार बिहान, सबै उमेरका मानिस टापुभरका मन्दिरहरूमा फलफूल, मिठाई, क्र्याकर र बदाम चढाउन, ध्यान गर्न र प्रार्थना गर्न भेला भएका थिए ।

“हाम्रो परम्परा भनेको यस वर्षको राम्रो भाग्यका लागि मन्दिरमा गएर प्रार्थना गर्नु हो”, ३६ वर्षीया चेन चिङ–युआनले आफ्नी आमासँग ताइपेईको लोङ्सन मन्दिर भ्रमण गर्दा भन्नुभयो, “कुनै विशेष कुरा माग्नु आवश्यक छैन, केवल सहज, शान्तिपूर्ण, सुरक्षित र स्वस्थ वर्षको कामना गर्ने र सबै ठिक होस् भनेर प्रार्थना गर्ने ।”

त्रिहत्तर वर्षीय लिन यु–सुनले आफ्नो परिवारसँग लोङ्सन मन्दिर भ्रमण गर्दा ‘प्रार्थना गर्दा हामीलाई आध्यात्मिक सान्त्वनाको अनुभूति हुन्छ’ भन्नुभयो ।

केही मन्दिर–यात्रीहरूले सौभाग्यको खोजीमा पहिलो धूप बाल्ने दौडमा सहभागी भएर नयाँ वर्षको स्वागत गरे ।

“म बूढो हुँदा पछुतो नहोस् भनेर मैले यसमा सहभागी हुने निर्णय गरेँ”, ताइवानको मध्य–पश्चिमी युनलिन काउन्टीको फुसिङ मन्दिरमा प्रतियोगिता जितेपछि काओ मेङ–शुनले भन्नुभयो, “म जबसम्म जवान छु र ऊर्जा छ, यो कार्य गर्ने र यसको सदुपयोग गर्ने उत्तम समय हो ।”

हिमपातले यात्रामा ढिलाइ 

मुख्य चीनमा चन्द्र नयाँ वर्षको बिदाअघि, बीच र पछिको परम्परागत ४० दिनको अवधिमा सबै प्रकारका यातायातमा करिब नौ अर्ब अन्तर–प्रान्तीय यात्री यात्राहरू हुने अपेक्षा गरिएको छ ।

यस वर्षको आप्रवासनको समयमा रेल र हवाई यात्राले ‘रेकर्ड उचाइमा पुग्ने’ अपेक्षा गरिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

दक्षिण कोरियामा मानिसहरू यस हप्ता गाउँमा आफ्ना परिवारलाई भेट्न जाँदा भारी हिमपातले रेल, विमान र बस तालिकाहरूमा अवरोध पुर्याएको छ ।

सियोलको मुख्य रेल स्टेसनमा यात्रुहरूले राजधानी छोड्ने तयारी गर्दा रङ्गीन कपडा र सामानमा लपेटिएका उपहारहरू बोकेको देखिएको थियो ।

स्थानीय मिडियाले जारी गरेका तस्बिरहरूमा तेज हावा र हिमपात जारी रहँदा दक्षिण कोरियाको प्रमुख राजमार्गमा हिउँले ढाकिएका सवारी साधनहरू अड्किएको देखाइएको छ ।

ट्राफिक अधिकारीहरूले सियोलबाट देशको बन्दरगाह सहर बुसानसम्म पुग्न मङ्गलबार सात घन्टाभन्दा बढी समय लाग्नसक्ने चेतावनी दिएका छन् । यो यात्रा सामान्यतया चार घन्टामा पूरा हुन्छ ।

धेरैले बिदा विदेशमा बिताउने विकल्प रोजे । जनवरी २४ देखि फेब्रुअरी २ सम्म २१ लाखभन्दा बढी यात्रुले विदेश यात्रा गर्न विमानस्थल प्रयोग गर्ने अपेक्षा गरिएको इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेटरले जनाएको छ ।

“यो विमानस्थल खोलिएपछि (सन् २००१ मा)चन्द्र नयाँ वर्षको बिदाको समयमा यो सबैभन्दा बढी औसत दैनिक यात्रु सङ्ख्या हुने अनुमान गरिएको छ”, अपरेटरले विज्ञप्तिमा भन्यो ।

चिनियाँ अन्तरिक्ष यात्री काई जुझे, सङ लिङडोङ र वाङ हाओजले मङ्गलबार तियाङगोङ अन्तरिक्ष स्टेशनबाट नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना पठाउँदै अन्तरिक्षमा पनि उत्सव विस्तार गर्नुभएको छ ।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जारी गरेको भिडियोमा तीनै जनाले परम्परागत रातो बादल बुट्टा भएको निलो जम्पसुटमा चिनियाँ चरित्र ‘फु’ भएको कागज काट्ने दुई टुक्रा समातेको देख्न सकिन्छ ।

“नयाँ वर्षमा तपाईंका सबै सपनाहरू पूरा होऊन्”, वाङले आफ्नो टाउको माथि मुटुको आकार बनाउँदै भन्नुभयो ।