२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ घटनाः पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान



अ+ अ-

काठमाडौँ । ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा रहेको पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरिएको छ ।

कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षरलाई वार्तामा बोलाएको हो ।

गत शनिबार प्रहरी र पहिचान पक्षधरबीच भएको झडपपछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए ।

मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।