२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यकः महासचिव चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाली विशेषतामा आधाररित समाजवाद ल्याउन सकेमात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने उहाँको जिकिर छ ।

मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख गर्दै उहाँले समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको बताउनु भयो ।

महासचिव चन्दले भन्नुभयो, ‘नेपालको एउटा निर्विकल्प निकाश भनेको समाजवाद हो । नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि निकास दिने नेपाली विशेषताको समाजवाद हो ।

आजको दिनमा नेपालको सन्दर्भमा वैज्ञानिक समाजवादमा सहमति बन्न सक्दैन भनेपनि समाजवादी पार्टीहरुको बीचमा एउटा सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् त्यसलाई अगाडि लग्नुपर्ने जरुरी छ । जसले राजीतिक स्थिरता दिनसक्छ । शासकीय प्रणालीको स्वरुपमा परिवर्तन गर्नसक्छ । व्यवस्थापीक प्रणालीलाई पनि सुधार गर्नसक्छ ।’

समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।