२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ



अ+ अ-

बारा। जीतपुर सिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा सखूवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगंज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओम प्रकाश यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ बिराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको सिट मुनी लुकाई छिपाई राखेको उक्त नगद फेला पारी चालक अनिल र गाडीमा सवार ओम प्रकाशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।