२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले वर्तमान सरकारको विकल्प खोजिरहेका छन्ः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताउनुभएको हो ।

वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उहाँको भनाइ छ । मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उहाँले त्यो प्रणाली समाजवादी क्रान्ती नै भएको जिकिर गर्नुभयो । उहाँले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताउनु भयो । प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा रहेका विपक्षी पार्टीहरुलाई पनि हामी गोलवद्ध गरौं । त्यो जिम्मेवारी पनि हाम्रो काँधमा रहेको छ । त्यसको लागि हामीले बोलायौं पनि कति जना आउनु भएन । कसैकसै पार्टीलाई मनले भन्छ समाजवादी मोर्चामा जुट, तनले भन्छ पख पख । केही पार्टीहरु समाजवादी मोर्चामा आउन चाहेर पनि आउन सक्नु भएको छैन । हामी एकतावद्ध हुने कुरामा पर्खिन तयार छौं । कतिपय प्रतिपक्षी पार्टीहरुलाई पनि हामीले बोलाउने सन्दर्भमा चित्त नबुझेको र केही परिस्थितको कारण सहभागि हुन सक्नु भएन । यो सरकारको कामबाट उहाँहरु निराश हुनुहुन्छ । जनता निराश छन् । जनतामा कुनै आशा जाग्न सकेको छैन । परिणाममुखि कुनै काम हुन सकेको छैन । वर्तमान सरकार गफमा निकै अगाडि र परिणामा निकै पछाडि छ । यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरुमा विकल्पको खोजि जारी छ । अहिले होइन । त्यसो भएको हुनाले हामी २०८४ को कुरा गरिरहेका छौं । ८४ को चुनावको शिलशिलामा जनताको माझमा प्रत्येक पार्टीहरु, समाजवादी अभियानका अभियान्ताहरु अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामीले दशौं महाधिवेशन सम्पन्न गरेर वैज्ञानिक समाजवादको कार्यक्रम अगाडि सारेको छ ।’

उहाँले समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने बताउनु भयो ।




भर्खरै