२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलहरुले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन्ः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरुले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताउनु भयो । उहाँले एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरुले आगामी अधिवेशनमा खेल्नुपर्ने भुमिकाबारे प्रशिक्षण दिइने बताउनु भयो । सांसदहरु संसदीय काम र प्रक्रियाहरुलाई आफ्नो पहिलो दायित्व र जिम्मेवारी ठानेर बैठकमा उपस्थित हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरुले यो आगामी अधिवेशनमा संसदमा खेल्नुपर्ने भुमिकाका बारेमा मुख्यगरी केन्द्रित रहेर छलफल गर्नेछौँ । सांसदहरु संसदीय काम र प्रक्रियाहरुमा मेरो पहिलो दायित्व र जिम्मेवारी हो भन्नेकुरा यो बैठकको हाम्रो निस्कर्ष हुन्छ । दोस्रो कुरा सरकारले असाध्यै महत्पवपूर्ण ढंगबाट काम गरिरहेको छ । देश र जनताको हितलाई केन्द्रमा राखेर र सुशासन प्रवद्र्धनलाई ध्येय बनाएर काम गरिरहेको छ । तर प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमणको निशाना बनाइरहेको छ । मुलुकलाई भ्रमतर्फ लैजाने खेतापाती गरिरहेको छ ।’

सरकारले महत्पवपूर्ण ढंगबाट काम गरिरहेको पनि बताउनु भयो ।