१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भमा भीडः संगमदेखि १५ किलोमिटरसम्म जाम



अ+ अ-

प्रयागराज । भारतको प्रयागराजमा जारी महाकुम्भको आज १६ औं दिन हो । दिउँसो २ बजेसम्म २ करोड ३९ लाख भक्तजनले स्नान गरेका थिए । १३ जनवरीदेखि संगममा लगभग १७.१५ करोड भक्तहरूले स्नान गरेका छन् ।

मौनी अमावस्याको एक दिनअघि भक्तजनको भीडलाई ध्यानमा राख्दै सबै विभागका अधिकारीहरूले रातभरि विभिन्न गोलाबारी गरेका थिए । भीडलाई कसरी सम्हाल्ने ? सुरक्षामा चुनौती के छ र कसरी समाधान हुन्छ ? यी विषयमा छलफल भएको थियो ।

आज अवस्था यस्तो छ कि सबै सडक र गल्ली भरिएका छन् । पार्किङ वा स्टेशनबाट पैदलै संगम पुग्नु पर्ने भक्तजन बताउँछन् । प्रहरीले विभिन्न ठाउँमा ब्यारिकेड लगाएर रोकिरहेको छ । यता उता २० किलोमिटर हिँड्नुपर्छ । धेरै ठाउँमा भीडले ब्यारिकेड तोडेका छन् । संगमदेखि १५ किलोमिटरसम्मको क्षेत्र जाम भएको छ ।

मेला क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई्र) क्यामेरामार्फत कडा निगरानी भइरहेको छ ।