१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउन फुङलिङ नगरपालिकाको आग्रह



अ+ अ-

ताप्लेजुङ: पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनालाई निर्वाध रुपमा अघि बढाउन फुङलिङ  नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिका द्वारा आज प्रकाशित एक विज्ञप्तिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वीकृति लिई निर्माण चरणमा रहेको परियोजनालाई अवरोध गर्नु उचित नभएको उल्लेख छ ।

विज्ञप्तिमा केबलकार निर्माणका विषयलाई लिएर भएका विरोधहरु रोकी वार्ताका माध्यमव्दारा समस्याको निकास खोज्न पनि आग्रह गरिएको छ । बन्द र हडतालबाट समस्याको समाधान नहुने हुँदा आन्दोलनका कार्यक्रम फिर्ता लिई सहमतिमा आउन पनि नगरप्रमुख अमिर मादेनले आग्रह गर्नु भएको छ ।

ताप्लेजुङ जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारविरुद्ध एक समूहले विरोध प्रदर्शन र त्यस क्रममा सुरक्षाकर्मीसहित केही व्यक्ति घाइते हुनु दु:खद भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

केबलकार निर्माणले ताप्लेजुद्द जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटन प्रबर्धन गरी अशक्त, अपांग, वृद्ध र बालबालिका लगायत सबै व्यक्तिलाई पाथीभरा मन्दिरसम्म सहज ढंगले पुग्न सक्ने वातावरण बन्ने पनि नगरपालिकाले जनाएको छ ।