२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउन फुङलिङ नगरपालिकाको आग्रह



अ+ अ-

ताप्लेजुङ: पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनालाई निर्वाध रुपमा अघि बढाउन फुङलिङ  नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिका द्वारा आज प्रकाशित एक विज्ञप्तिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वीकृति लिई निर्माण चरणमा रहेको परियोजनालाई अवरोध गर्नु उचित नभएको उल्लेख छ ।

विज्ञप्तिमा केबलकार निर्माणका विषयलाई लिएर भएका विरोधहरु रोकी वार्ताका माध्यमव्दारा समस्याको निकास खोज्न पनि आग्रह गरिएको छ । बन्द र हडतालबाट समस्याको समाधान नहुने हुँदा आन्दोलनका कार्यक्रम फिर्ता लिई सहमतिमा आउन पनि नगरप्रमुख अमिर मादेनले आग्रह गर्नु भएको छ ।

ताप्लेजुङ जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारविरुद्ध एक समूहले विरोध प्रदर्शन र त्यस क्रममा सुरक्षाकर्मीसहित केही व्यक्ति घाइते हुनु दु:खद भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

केबलकार निर्माणले ताप्लेजुद्द जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटन प्रबर्धन गरी अशक्त, अपांग, वृद्ध र बालबालिका लगायत सबै व्यक्तिलाई पाथीभरा मन्दिरसम्म सहज ढंगले पुग्न सक्ने वातावरण बन्ने पनि नगरपालिकाले जनाएको छ ।