३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद



अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चार जिल्लाका प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएका छन् ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका सांसदहरुसँग छलफल गर्न लागेका हुन् ।

छलफलका लागि अपरान्ह ५ बजे गृहमन्त्रालय बोलाइएको इलाम २ का सांसद सुहाङ नेम्वाङले जानकारी दिए ।

माघ १२ गते शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारी घाईते भएका थिए ।

प्रहरीले दमन गरेको भन्दै पहिचान पक्षधरहरूको समूहले आज मेची राजमार्ग र तमोर करिडोर बन्द गरेका छन् । मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले आजदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको छन् ।