१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपराष्ट्रपति यादव र म्यानमारका राजदूत म्योम्यिन्टमाउङबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र म्यानमारका राजदूत म्योम्यिन्टमाउङबीच शिष्टाचार भेटवार्ता
अ अ+ अ-

काठमाडौँ ।  उपराष्ट्रपति  रामसहाय प्रसाद यादवसंग नेपालका लागि म्यानमारका  राजदूत  यु म्योम्यिन्टमाउङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवम् सांस्कृतिक सम्बन्ध लगायतका विषयमा छलफल भयो ।

उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो । ‘यो वर्ष ९सन् २०२५० हामी नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव मनाइरहेका छौं’ उहाँले भन्नुभयो, ‘हाम्रा दुई देशहरुबीचको बर्षौं पुरानो सम्बन्ध पारस्परिक सद्भाव, सम्मान, विश्वास र सहकार्यमा आधारित रहेमा दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक मूल्य मान्यताहरूले अझ मजबुत बनाएको छ ।’

उपराष्ट्रपति यादवले दुई देशका परराष्ट्र मन्त्रालयबीच सन् २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना, कूटनीतिक र सरकारी पासपोर्ट वाहकका लागि भिषा उन्मुक्ति दिने सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । ‘नेपाल र म्यानमार दुवै बिमस्टेकको सदस्यका रुपमा सहकार्य गर्दै आएका छन् ’ उहाँले भन्नुभयो, ‘बिमस्टेकले दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाबीच अन्तरक्रिया र सहकार्य बढाउँदै समग्र क्षेत्रको आर्थिक र सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्य राखेको छ ।’ उहाँले अति कम विकसित राष्ट्रहरूको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएका पनि बताउनुभयो ।

‘आगामी दिनमा नेपाल र म्यानमारबीच सम्पन्न भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्य सम्बन्धी समझदारीहरूको कार्यान्वयन भई दुई देश बीचको आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुनेछ भन्नेमा विश्वस्त छु’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘हाम्रा दुई देशको भाषा संस्कृति र रहनसहनमा समानता छ । बौद्ध दर्शन र संस्कृति दुवै देशको साझा सम्पदाको रूपमा रहेको छ। लुम्बिनी बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल हो ।’

उहाँले बौद्ध धर्मावलम्बीहरूको लागि नेपाल एउटा पवित्र तीर्थ हुनुका साथै बुद्धका शान्ति, सद्भाव, सहिष्णुता र करूणा जस्ता सन्देशमा विश्वास राख्ने सबैका लागि एउटा आस्था र सम्मानको थलो भएको बताउनुभयो । ‘यसले नेपाल र म्यानमारबीच पर्यटन र सांस्कृतिक सहकार्यको समेत मार्गप्रशस्त गरेको छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘लुम्बिनी म्यानमारका तिर्थयात्रीहरुको मुख्य गन्तव्यस्थलका रुपमा रहेको छ । लुम्बिनी परिसरमा रहेको म्यानमार स्वर्ण मन्दिरले पनि नेपाल एवं म्यानमारका जनताबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।’

नेपाल र म्यानमारबीचको सम्बन्ध सुदृढीकरणमा तपाईँ ९महामहिम राजदूत० ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने उल्लेख गर्दै उपराष्ट्रपति यादवले म्यानमारको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण म्यानमारी जनताको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना समेत व्यक्त गर्न गर्नुभयो ।

नेपालका लागि म्यानमारका महामहिम राजदूत  यु म्योम्यिन्टमाउङले नेपाल र म्यानमार भगवान बुद्धलाई एकनासले सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

‘नेपाल र म्यानमारबीच जनस्तरको सम्बन्ध छ’ उहाँले भन्नुभयो, ‘ नेपालको ‘नन–अलायन्स’ जस्तै म्यानमारको पनि नीति रहेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको ‘नन–अलायन्स’ नीतिको म्यानमार प्रशंसा गर्दछ । ’ महामहिम राजदूतले नेपालको स्वतन्त्र विदेश नीतिलाई म्यानमारले सम्मान र प्रशंसा गरेको समेत बताउनु भयो ।