१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने, संसद्को क्यालेन्डर तय



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकको बैठकले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

आजको बैठकमा भोलि बोलाईएकोे समितिको बैठकको एजेन्डाबारे छलफल भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताए । यस्तै, आज यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको उनले बताए ।

बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने सचेतक बर्तौलाले बताए । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । उनको अनुसार माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय छुट्टाईएको छ  भने २९ र ३० गते पुनः संसद् बैठक बस्ने गरी तय गरिएको छ ।

आगामी माग १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।