२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने, संसद्को क्यालेन्डर तय



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकको बैठकले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

आजको बैठकमा भोलि बोलाईएकोे समितिको बैठकको एजेन्डाबारे छलफल भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताए । यस्तै, आज यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको उनले बताए ।

बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने सचेतक बर्तौलाले बताए । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । उनको अनुसार माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय छुट्टाईएको छ  भने २९ र ३० गते पुनः संसद् बैठक बस्ने गरी तय गरिएको छ ।

आगामी माग १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।