२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । स्पेनिस लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७–१ गोलले हराएको हो । घरेलु टोलिको जितमा फेर्मिन लोपेजले दुई तथा फ्रेंकी डि योंग, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे ।

एक गोल भने भ्यालेन्सियाका सिजर टारेगाले आत्मघाती गोल गरे । यता, ह्युगो डुरोले भ्यालेन्सियाका लागि एकमात्र गोल फर्काए ।

जितसँगै २१ खेलबाट ४२ अंकसहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । भ्यालेन्सिया १६ अंकका साथ १९ औं स्थानमा छ ।