१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड बैंक ग्यारेन्टी बुझाएपछि रविको प्रतिक्रिया- मेरो भन्नु केही छैन, बेला आएपछि बोल्छु



अ+ अ-

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायालयप्रति आभार व्यक्त गरेका छन् ।

रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको थियो । न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासले सुप्रिम सहकारी प्रकरणमा उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

उनले अहिले आफूलाई भन्नुपर्ने केही नभएको उल्लेख गर्दै बेला आएपछि सबै कुरा भन्ने प्रतिक्रिया दिए । ‘मेरो अहिलेलाई भन्नुपर्ने केही छैन । भन्नुपर्ने बेला आउँदा भन्छु, अहिलेलाई न्यायालयप्रति आभार व्यक्त गर्दछु’, उनले भने, ‘जति पनि देश–विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद !’