१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणालाई भारतीय समकक्षीको धन्यवाद



फाईल फोटो
अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज परेको भारतको ७६ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएकामा भारतीय विदेशमन्त्री डा एस जयशंकरले मन्त्री डा राणालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मन्त्री डा राणाले गणतन्त्र दिवसका अवसरमा आज आफ्ना भारतीय समकक्षी एस जयशंकंरमार्फत भारतीय जनता र भारत सरकारलाई बधाई तथा शुभकामना दिँदै भारतको निरन्तर प्रगति, समृद्धि र उन्नतिको कामना गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले सामाजिक सञ्जालमार्फत भारतसँग नेपालको घनिष्ठ छिमेकीका रुपमा सदियौँदेखि पारस्परिक सम्मान र बलियो मित्रता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यो सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

सो शुभकामना सन्देशप्रति भारतीय विदेशमन्त्री डा एस जयशंकरले धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा न्यानो शुभकामनाका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धेरै धन्यवाद भनेर लेख्नुभएको छ ।