१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘ट्राफिक सचेतनाले सडक सुरक्षामा सुधार ल्याउने’

‘ट्राफिक सचेतनाले सडक सुरक्षामा सुधार ल्याउने’
अ अ+ अ-

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक सचेतनाले यात्रीको जीवनरक्षा र सडक सुरक्षामा अर्थपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा ललितपुर महानगरपालिकाले आज जावलाखेलमा आयोजना गरेको साप्ताहिक ट्राफिक सचेतनाको सुभारम्भ कार्यक्रममा उहाँले यात्रुको सुरक्षाका लागि ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट र इन्टेलिजेन्ट’ ट्राफिक लाइट तीन सय ६५ दिन सञ्चालन हुने जानकारी गराउँदै विशिष्ट व्यक्तिको आगमन भन्दैमा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्न नपाइने बताउनुभयो ।

“नियम उल्लङ्घन गर्नेको विवरण प्रविधि (सिस्टम)ले देखाउँछ, जो सुकैले नियम उल्लङ्घन गरेमा सिस्टमले विवरण सङ्कलन गरिरहेको हुन्छ, सोहीअनुसार हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, प्रमुख महर्जनले भन्नुभयो ।

उहाँले अहिले कुपन्डोलबाट जावलाखेलसम्म स्मार्ट र इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर व्यवस्थापन गरिएको जनाउँदै आगामी वर्ष पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म, सातदोबाटोबाट हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना हुँदै भैँसेपाटीसम्मको सडकमा जडान गरेर व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

“धेरैले ज्यान गुमाउनुपरेको स्थान कुसुन्तीमा ‘लिप्ट’सहितको अपाङ्गतामैत्री ‘ओभरहेड ब्रिज’ बनाउने काम भइरहेको छ, सम्पन्न भएपछि अपाङ्गता भएकाहरूले पनि सहजै सडक पार गर्न सक्नुहुनेछ । डरलाग्दो र भयावह दुर्घटनाको अवस्था देखिएको पाटन अस्पताल अगाडिको सडकमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने तयारी गरिरहेका छौँ, यसलाई छिट्टै पूर्णता दिनेछौँ”, प्रमुख महर्जनले भन्नुभयो ।

उहाँले ललितपुरलाई बस्न योग्य सहरका रूपमा विस्तार गर्दै नागरिकको दैनिकी सहज बनाउने गरी विकास गर्ने भन्दै हरेक साता नयाँ र राम्रो काम गरेर नागरवासीलाई सेवा प्रवाहमा सहजता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एक सातासम्म सञ्चालन हुने ट्राफिक सचेतनाले जनतामा ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जावलाखेलस्थित प्राङ्गणमा महानगरप्रमुख महर्जनले ट्राफिक सन्देशमूलक ‘प्लेकार्ड’ देखाउँदै ट्राफिक नियमको पालनाबारे यात्रु, सवारीचालक र पैदलयात्रुलाई सचेतना दिने उद्देश्यले सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्नुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले आमनागरिकको दैनिकीलाई व्यवस्थापन गर्न नसक्दा समस्या भई यात्रामा अहजता सृजना गर्ने भन्दै ट्राफिक सचेतनाले जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“सचेतामस्लक काम सबैले मिलेर गर्नुपर्छ, यस्ता काममा जिल्ला प्रशासनको सहयोग र समन्वय रहनेछ, ट्राफिक नियम बुझेर परिपालन गरेको खण्डमा दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु पर्दैन । सवारीसाधनको नियमित मर्मत र नियम पालना महत्वपूर्ण छ, यो असल अभ्यासको सुरुआत गरेकामा महानगरलाई धन्यवाद दिन चाहान्छु”, उहाँले भन्नुभयो ।

प्रजिअ ढकालले ललितपुरमा स्मार्ट र इन्टेलिजेन्ट ट्राफिक लाइटको सुरुआत भइसकेकामा त्यहीअनुसार चालक र यात्रीले व्यवहार र कार्यशैलीमा पनि उतार्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ उपत्यकाका प्रहरी प्रमुख ध्रुवबहादुर राउतले सडक दुर्घटनामा हाल देशमा प्रत्येक दिन सात जनाले ज्यान गुमाउनुपरेको तथ्याङ्क प्रस्तुत गर्दै सचेतनाका माध्यमबाट ज्यान जाने अवस्था न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । उहाँले ट्राफिक नियम पालनामा सबैले ‘म’बाट परिवर्तनको सुरुआत गर्नुपर्नेमा जोड दिनुभयो ।

उपत्यकाका ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले सुरक्षित समाज निर्माणका लागि ट्राफिक नियम पालन अनिवार्य रहेको बताउनुभयो । उहाँले सडक दुर्घटना बढेको बताउँदै गत पुसमा मात्रै काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट २० जनाको ज्यान गएको जानकारी गराउनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये सबैजसो दुईपाङ्ग्रे सवारी चलाउने रहेका छन् ।

“सडक दुर्घटना भयावह छ, पुसमा मात्रै उपत्यकामा २० जनाको मृत्यु भएको छ, १७ जना गम्भीर घाइते भएका छन्, यस्तो घटनाले परिवार र समाजलाई नकारात्मक असर गर्छ, त्यसैले जीवनरक्षा र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गरौँ”, ट्राफिक प्रहरी प्रमुख घिमिरेले भन्नुभयो । उहाँले नेतृत्व राम्रो हुँदा विकासले गति लिने भन्दै युरोपको झल्को दिनेगरी विकास भइरहेको ललितपुर महानगरले ट्राफिक सचेतनासँगै हरेक नागरिकको जीवनको रक्षा गर्दै युरोपभन्दा राम्रो सहरका रूपमा पहिचान स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ‘नो हर्न’ नीतिका कारण दुर्घटनामा कमी आएका उल्लेख गर्दै तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको जानकारी दिनुभयो । शून्य दुर्घटना कायम गर्नसके अभियान सफल हुने भन्दै उहाँले यसका लागि विद्यार्थीमा सचेतना जगाउनु अनिवार्य भएको बताउनुभयो ।

ललितपुर प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र निजी तथा आवासीय विद्या अर्गनाइजेसन ललितपुर महानगरका अध्यक्ष अर्जुन महर्जनले अभियानमा पूर्ण साथ सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।