१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सलोनको लगानीमा बन्यो ‘रङ्गी’

सलोनको लगानीमा बन्यो ‘रङ्गी’
अ अ+ अ-

काठमाडौँ । बाल कलाकार हुँदै अभिनय यात्राको सुरुआत गर्नुभएका अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण गर्नुभएको छ । पहिलो चलचित्र ‘रङ्गी’ को प्रचारप्रसारका क्रममा अभिनेता बस्नेतले चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म चलचित्रकै माध्यमले चिनिए, बाल कलाकारदेखि नै चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ, चलचित्र क्षेत्रमा यो मेरो नयाँ यात्राको सुरुआत हो ।”

हालै सार्वजनिक गरिएको ‘छ भने माया’ गीतको श्रव्यदृश्यमा अभिनेता बस्नेतसँगै दिलीप रायमाझी, नव अभिनेत्री नम्रता श्रेष्ठ, बाल कलाकार आयुषी ढकालले नृत्य गर्नुभएको छ । गीतमा तीन पुस्ताको सहभागिताले सुन्दरता थपेको उहाँले बताउनुभयो ।

“मेरो बुवा शोभित बस्नेतसँग काम गर्नुभएका अग्रज, मेरा समकालीन र नव प्रवेशीसँग काम गर्न पाउँदाको खुसी म शब्दमा व्यक्त गर्न सक्दिन, तीन पुस्ताको सहभागिताले गीतलाई झनै सुन्दर बनाएको छ”, उहाँले भन्नुभयो । चलचित्रमा विशाल पहाडी, उत्तम केसी, सुमिन गुरुङलगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । यस चलचित्रमार्फत निर्देशनमा सुरेश न्यौपानेले ‘डेब्यु’ गर्दै हुनुहुन्छ । उहाँले बुवा छोरीको कथालाई पर्दामा ल्याउने प्रयास गरेको बताउनुभयो ।

“यो बुवा र छोरीबीचको प्रेमको कथामा तयार भएको चलचित्र हो, हामीले प्रणय दिवसमा यसलाई दर्शकसम्म पुर्याउने छौँ, मैले मुख्य सहायक निर्देशक भएर गरेका कामबाट प्रभावित भएर निर्देशनको जिम्मेवारी दिनुभएकामा सम्पूर्ण निर्माण पक्षप्रति कृतज्ञ छु”, उहाँले भन्नुभयो ।

्सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरले कथा लेखन, सौरभ लामाले छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीले सङ्गीत सिर्जना, बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ । चलचित्र आउँदो प्रणय दिवस अर्थात् फागुन २ मा नेपालसँगै विश्वभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।