३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास बिक्रेता महासंघको नयाँ कार्यसमिति सर्वसम्मत



अ+ अ-

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको नयाँ कार्यसमिति सर्वसम्मत भएको छ ।

महासंघको ११ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनले ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गरेको हो ।

यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद दुलाल सर्वसम्मत भएका छन् । उपाध्यक्षहरुमा रामप्रसाद झवाली, गेहेन्द्र रिजाल, लाल बहादुर केसी, राम प्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन र रामकृष्ण खड्का चुनिएका छन् भने महासचिवमा विनोद काफ्ले, सचिवमा कृष्ण प्रसाद गैरे र कोषाध्यक्षमा रविन कार्की चयन भएका छन् ।

त्यस्तै महासंघको सदस्यहरुमा प्रकाश तिवारी, रामकुमार खड्का, रामशरण पुडासैनी, पेश कान्त भण्डारी, ओमकार बोहोरा, सुदिर यादव, कमल अधिकारी, श्रीहरि ढकाल, मञ्जु थापा, छवि राज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाईँ चयन भएका छन् ।