२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिप्परको ठक्करबाट एकको मृत्यु



अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले शनिबार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध ७ प ४००५ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मोटरसाइकलका चालक मङ्गला गाउँपालिका–३ बरङजाका ४६ वर्षीय थमबहादुर रोकाको मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको र पछाडि बसेका बेनी नगरपालिका–७ मङ्गलाघाटका ४५ वर्षीय प्रेम शाहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

गम्भीर घाइते भएका रोका र शाहीलाई प्रादेशिक अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारका लागि शनिबार रातिनै पोखरा पु¥याइएको थियो । टिपरका चालक बेनी नगरपालिका–५ पुलाचौरका ३८ वर्षीय खिमे दर्जी जिल्ला प्रहरी कार्यालय म्याग्दीको नियन्त्रणमा रहेको र उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।