११ माघ २०८१, शुक्रबार
,
Latest
दुई लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा सरकारले नागरिकलाई सन्तुष्ट पारेको छ : महेश बर्तौला ठगी गरेको अभियोगमा पक्राउ टिका थापाको ‘डिम्पल पर्ने गाला’ सार्वजनिक सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ ज्ञान संस्कार बास्केटबलमा पारामाउन्ट र न्युटनको विजयी सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरू



अ+ अ-

रुपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । शुक्रबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस चलिरहेको हो ।

बिहिबार सरकारी वकिलको तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । यस्तै, उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका थिए ।

आज सहकारीपीडित पक्षको दुई वकिलको बहस र रविका तर्फबाट बहस हुने श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी तथा अधिवक्ताहरू डा नारायणदत्र कंडेल, सुरज बस्नेत, सुनिता रावल, राजेन्द्र सेढाईलगायतले बहस गर्ने तयारी छ ।

दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुनेछ । जवाफी बहसपछि न्यायाधीशले रवि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्नेबारे आदेश सुनाउने छन् ।

माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४२ जना विरुद्ध मुद्दा परेको थियो ।