३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नलीलाई हराउँदै लेस्टर सिटी अंकतालिकाको सुरुवाती शीर्ष स्थानमा



अ+ अ-

लन्डन । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार बर्नलीलाई ४–२ ले हराएर अंकतालिकाको सुरुवाती शीर्ष स्थानमा उक्लेको छ । सन् २०१५–२०१६ को सिजन लिग जितेयता लेस्टर शीर्ष स्थानमा पुगेको यो पहिलो पल्ट हो ।

यससँगै लेस्टरका व्यवस्थापक ब्रेन्डन रोजर्स प्रिमियर लिगमा आफ्नौं सयौं जित निकाल्न पनि सफल रहे । लेस्टरका लागि हार्भे बार्नेस, जेम्स जस्टिन र डेनिस प्रेटले गोल गरे । अर्को गोल आत्मघाती रह्यो ।

लेस्टरले दुई चरणको खेलमा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि लगातार दोस्रो जितका लागि लिभरपुलले चेल्सीलाई सजिलै २–० ले हरायो । दुवै गोल साडियो मानेले गरे ।