३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मविरुद्द कुनै पक्राउ पुर्जी जारी भएको छैन–ऐन महर



अ+ अ-

काठमाडौँ। नेकपा एमालेका नेता ऐन महरले आफूविरुद्ध कुनै पक्राउ पुर्जी जारी नभएको बताएका छन् ।

नेता महरले आफूविरुद्ध अनलाइन मिडियाले उच्च अदालत पाटनद्धारा पक्राउ पुर्जि जारी भनेर भ्रामक समाचार सम्प्रेषण गरेको बताएका छन् ।

उनले समाजिक संजाल फेसबुकमार्फत लेखेका छन् ‘पहिलो कुरा कानुन बमोजिम पक्राउ पुर्जि जारी गर्ने उच्च अदालतको अधिकार क्षेत्र भित्र पर्दैन र कहिल्यै पनि उच्च अदालतले पक्राउ पुर्जि जारी गर्दैन त्यो अधिकार जिल्ला अदालतको हो । दोस्रो कुरा आज उच्च अदालत पाटनमा जिल्ला सरकारि वकिलको कार्यालय काठमाडौं , जिल्ला प्रहरि परिसर काठमाडौं र मलाई समेत बिपक्षि बनाएर दर्ता गरिएका तिन ओटा रिट मध्ये दुई ओटा खारेज भएका छन भने एउटाका सन्दर्भमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला प्रहरि परिसर काठमाडौं ले मेरा बिरुद्धको जाहेरि तामेलिमा राख्ने निर्णय प्रकृयागत त्रुटी देखिन आएकोले प्रकृया पुर्याएर निर्णय गर्नु भनेको छ । भएको यत्ति हो । यसलाई बङ्ग्याएर आफु अनुकुलको समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति प्रकट गर्दछु र कोहि पनि भ्रममा नपर्न सम्पुर्ण शुभचिन्तक आफन्त र सहयोगि साथिभाई हरुलाई हार्दिक अपिल गर्दछु ।’