२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने



अ+ अ-

काठमाडौं। नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन् ।

कतार फेन्सिङ फेडेरेसनको आयोजनामा आगामी २४ देखि २६ जनवरीसम्म कतारको दोहामा ग्रान्ड प्रिक्स डु फेन्सिङ हुँदै छ । उक्त प्रतियोगितामा नेपालबाट भीष्मराज र सागरले प्रतिस्पर्धा गर्न लागेका हुन् । भीष्मराज र सागरले इपी इन्डिभिजुअल विधातर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब ४३ राष्ट्रका २४७ खेलाडीको चुनौती रहनेछ ।

दुवै खेलाडी बुधबार नै कतार प्रस्थान गरिसकेका छन् । उनीहरूलाई लायन्स क्लब काठमाडौं साया र लियो क्लब अफ काठमाडौं सायाले बिदाइ गरेका थिए ।

लायन्स क्लब काठमाडौं सायाका अध्यक्ष रुकृत दाहाल, जोन चेयरपर्सन विकास श्रेष्ठ र संस्थापक अध्यक्ष सपना पाण्डेलगायतले बिदाइ गरेका हुन् । यसअघि नेपाल फेन्सिङ संघले पनि सहभागी खेलाडीलाई बिदाइ गरेको थियो । नेपाली खेलाडीको कतारमा प्रतियोगिता खेल्नका लागि एनआरएनए एनसिसी कतार, रमेश भट्ट, महेन्द्रप्रसाद चम्लगाइँ, राजेन्द्रकुमार शर्मा र नरेन्द्रबहादुर भट्टलगायतले व्यवस्थापन गरेका छन् ।

विश्व वरीयता सुधारका लागि महŒवपूर्ण मानिएको यो ग्रान्ड पिक्सलाई ओलम्पिक छनोटको प्रारम्भिक आधारका रूपमा समेत हेरिएको छ । सागर नेपाल एपिएफका हुन् । बागमती प्रदेशका भीष्मराजले सन् २०२२ मा इजिप्टमा भएको विश्व च्याम्पियनसिप खेलेका थिए ।

सागरले सन् २०१९ मा नेपालमा भएको १३औं सागमा प्रतिस्पर्धा गरेका थिए । उनको प्रशिक्षणमा नेपालले पहिलोपल्ट २०१४ मा दक्षिण कोरियामा भएको १७औं एसियाली गेम्समा पनि प्रतिस्पर्धा गरेको थियो ।




भर्खरै