२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा



अ+ अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् ।

लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतका न्यायधिश प्रह्लाद कुमार योगीको इजलासमा परेको छ ।

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार रविविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा रविविरुद्ध ४ करोडभन्दा धेरैको बिगो कायम गरिएको छ । सोही मुद्दाका लागि उनी हिजै भैरहवा पुगेका थिए ।

सुप्रिमको बचत अपचलन कसुरमा जिल्ला अदालत रुपन्देहीमा हालसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। प्रतिवादी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदाबीगरिएको छ ।