१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले निकुञ्जको आकाशमा हेलिकप्टर बन्द भयो भन्नेकुरा स्वीकार्य छैनः पर्यटनमन्त्री

लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले निकुञ्जको आकाशमा हेलिकप्टर बन्द भयो भन्नेकुरा स्वीकार्य छैनः पर्यटनमन्त्री
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने/नदिने बारेमा निर्णय लिन नसक्ने बताउनुभएको छ ।

मंगलवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सगरमाथा राष्ट्रिय निकुञ्जमाथि हेलिकप्टर उडाउन नदिने निर्णय राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले गरेको भन्दै यो गलत भएको बताउनु भयो । उहाँले तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने रारा, बर्दिया, शिवपुरी, चितवनको आकाशमा पनि नउडाउनु ? भन्दै प्रश्न गर्नुभयो । उहाँले हेलिकप्टर उडानका कारण विद्यार्थी, जनावर, ध्वनी प्रदुषण र त्यहाँको जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नियमनलाई अभm प्रभावकारी बनाउने कुरामा भने राज्यले ध्यान दिने बतउनु भयो । निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका कर्मचारीहरु बसेर यो आकाशमा हेलिकप्टर चल्दैन भन्नु नेपालको संविधान र कानूनको व्यवस्थाअनुसार गलत भएको बताउनु भयो । सो विषयमा गृह मन्त्रालयले काम गरिरहेको र प्रमुख जिल्ला अधिकारीले पनि सर्वपक्षीय बैठक बसेर छलफल गरिरहनुभएको जानकारी दिँदै आवश्यक परे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निर्णय गर्ने बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको कुरा आयो । त्यो गलत भएको छ । त्यो बढाइचढाईपूर्ण कुरा हो । अब तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने त कहाँ कहाँ नउडाउने रु रारामाथि नउडाउने की रु बर्दियामाथि नउडाउने की रु चितवनमाथि नउडाउने की, यहाँ शिवपुरीमाथि नउडाउने रु गोकर्णमाथि नउडाउने की रु हाम्रो सगरमाथा क्षेत्रमा दुनियाँ किन आएको छ भन्दा हिमाल हेर्नका लागि आउँछन् । त्यहाँका जनावरमा देखिएको परिवर्तन, स्कुलका विद्यार्थीलाई भएको असर, त्यहाँको ध्वनी प्रदुषण त्यहाँको ग्लोवल वार्मिङलाई हेलिकप्टर चलेको कारणले गर्ने असर । बरु के चाहीँ गर्न सकियो भने नियमनको कुरामा अझ हामीले ध्यान दिनेकुरा ठिक छ । तर निकुञ्ज बसेर, मध्यवर्ती बसेर, गाउँपालिका बसेर हेलिकप्टर चल्दैन यो आकाशमा भन्नेकुरा सरासर नीतिगत हिसावले पनि पर्यटकीय र पर्वतारोहणलाई हामीले प्रवद्र्धन गर्ने हिसावले पनि त्यो गलत छ । नेपालको संविधान र कानूनको व्यवस्थाअनुसार पनि त्यो गलत छ । त्यसैले गृह मन्त्रालयले पनि आफ्नो ढंगले पहल गरिरहेको छ । सिडिओले पनि सर्वपक्षीय बैठक बोलाउनुभएको थियो । आवश्यकता परे हाम्रो मन्त्रालयले पनि सबै सरोकारवालालाई बोलाएर निर्णयमा पुग्नुपर्ने जरुरी हुन्छ । त्यसका लागि बिना अध्ययन अनुसन्धान लहडका भरमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका मान्छेहरु बसेर हेलिकप्टर बन्द भयो भन्नेकुरा सरासर गलत भएको छ ।’

उहाँले चलायमान पर्यटकीय पर्वतारोहणको सम्भावनालाई ध्वस्त पार्ने काम भएको बताउनु भयो । संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई अघि बढाएर नेपालको पर्यटन क्षेत्रबाट फाइदा लिनुपर्ने बताउनु भयो ।