२६ भाद्र २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो



अ+ अ-

विराटनगर। बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् ।

आज सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर ४ मा पुगेको हो । जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् ।

बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन् । यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको मधेस १५ दशमलव ५ ओभरमा ४० रनमा अलआउट भयो । मधेसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि  प्लेयर अफ द म्याचसमेत भएकी  कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन् । यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ ।

समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन् । माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको उपाधि जित्नेले रू पाँच लाख, दोस्रो हुनेले  रू तीन लाख, प्लेयर अफ द सिरिजलाई रू ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रू २५÷२५ हजार पुरस्कार दिइनेछ । रासस




भर्खरै