१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाल सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छः प्रधानमन्त्री

नेपाल सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले बहु संकटको सामना गर्नु परेको बताउनुभएको छ ।

मंगलवार सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपालले विश्वव्यापी रुपमा बहु प्रकोपीय संकटको सामना गर्नु परिरहेको बताउनुभएको हो ।

उहाँले प्रकृति माथिको दोहनले जलवायु परिवर्तनका अर बढाइरहेको र नेपालले त्यसको प्रत्यक्ष प्रभाव व्यहोर्नु परेको उल्लेख गर्नुभयो । समकालीन मुद्दाहरूलाई सम्बोधन गर्दै बहु–संकटको सामना गर्न साझा संकल्प जरुरी रहेको बताउनु भयो । २०१९ मा नै सगरमाथा संवादको परिकल्पना गरेपनि कोरोना लगायतका कारण सफल हुन नसकेको बताउनु भयो । संवाद गर्नको लागि अन्तर्राष्ट्रिय मञ्चहरुको कमी नभएपनि सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशहरुले भोग्नुपरेको समस्याका बारेमा उजागर गर्न सकिने र विश्वको ध्यान केन्द्रित गर्न सकिने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरु सिकाउन सक्ने पनि बताउनु भयो । उहाँले नेपालमा राजनीतिक मुददहरु धेरै हदसम्म समाधान भइसकेकाले सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित रहेको बताउनु भयो । नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आर्थिक समानता र सामाजिक कल्याणमा आधारित रहेको बताउनु भयो ।

जलवायु परिवर्तन, बसाईंसराई र दिगो विकासका मुद्दाहरूमा नेपालमा महत्वपूर्ण बन्दै गएको बताउनु भयो ।