२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा चितवन सहकारी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



अ+ अ-

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा अनुसन्धान टुंग्याएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

शुक्रबार दोस्रो चरणको अनुसन्धान सक्काएर चितवन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

दोस्रो चरणको अनुसन्धान सकेको प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ । यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । यससँगै, सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या ३१ पुग्ने भएको छ ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । अहिले १४ जना नयाँ प्रतिवादी समेत थपिएकाले बिगो रकम ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदावि गरिएको एक अधिकृतले बताए ।