२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

उनले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए। सोही आधारमा उनलाई निलम्बन गरिएको रास्वपा कोशीका एक नेताले जानकारी दिए।

पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले भने उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका छन्। शुक्रबार तिमिल्सिनालाई आयोगले पत्र पठाएर जानकारी दिएको हो।

‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१ । १०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४. १. ( ख ), नियम ४.१.१ (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराईन्छ । यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ,’ पत्रमा भनिएको छ ।

६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना मात्रै बैठकमा उपस्थित भएपछि कोरम नपुगेर कोशीको बैठक हुन सकेको थिएन। केन्द्रीय अनुशासन आयोगले मुकुललाई पार्टीमा पूर्ववत पुनःस्थापित गर्नुपर्छ भन्ने कोशी प्रदेशका सभापति तिमल्सिनाविरूद्ध कारबाही प्रक्रिया अघि बढाउन गएको आइतबार बैठक बोलाएको थियो।