२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो विश्व विद्यालय खेलकुद पोखरामा



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने भएको छ ।

विश्व विद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा हुने प्रतियोगितामा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक समेत रहेका राखेपका सदस्य डा. मधुसुदन सुवेदीले जनाएका छन् ।

भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ । पुरुष÷महिलातर्फ एथलेटिक्समा समान ४–४ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान २–२ स्पर्धामा खेल हुनेछ । प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ६० खेलाडी सहभागी हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी गराए ।

दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा खेलाइने छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा संयोजक सुवेदीको अध्यक्षतामा शुक्रबार राखेपमा बसेको बैठकमा छलफल भएको थियो ।