२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा नयाँ बिरुवाको प्रजाति फेला



अ+ अ-

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सम्भावित औषधीय मूल्य भएको नयाँ पोलिगलेसी प्रजाति पत्ता लगाएको चिनियाँ चिकित्सा तथा औषधि विज्ञानको गुआङ्सी संस्थानले जनाएको छ ।

अनुसन्धान टोलीका सदस्य नोङ युका अनुसार पोलिगलेसी स्प्याटुलाटा नामको नयाँ प्रजाति करिब ५३० मिटरको उचाइमा रहेको कास्र्ट गुफामा फेला परेको हो ।

नोङले पोलिगालेसी परिवारका बिरुवाहरू विश्वभर व्यापक रूपमा फैलिएको बताउनुभयो । केही प्रजातिहरू मलेरिया र शारीरिक कमजोरी जस्ता अवस्थाहरूको उपचार गर्न प्रयोग गरिन्छ ।

अन्वेषकहरूका अनुसार, यो खोजले कास्र्ट क्षेत्रमा पोलिगालेसी परिवारको प्रकाश पार्छ । वनस्पति जैविक विविधताको संरक्षणमा चीनको दक्षिणपश्चिमी कास्र्ट क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई रेखांकित गर्दछ ।

आविष्कारको विवरण भर्खरै प्लान्ट वर्गीकरणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल फाइटोकेजमा प्रकाशित भएको थियो ।