३ माघ २०८१, बिहीबार
,
Latest
न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान हराए ‘पोखराको सम्झना’ मौलिक पोसाक भाडामा लगाएर आम्दानी ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयको राजश्व संकलन ७५ प्रतिशत विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए: काठमाडौँ महानगरपालिका पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो जय ट्रफी फाइनलः आर्मीलाई १०३ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा पानी पर्ने सम्भावना



अ+ अ-

काठमाडौं । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुको प्रभावले यी दुई प्रदेशमा पानी पर्ने सम्भावना देखिएको हो । यसैगरी गण्डकी प्रदेशमा हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यसैगरी कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ । यता, लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यता बागमती प्रदेशमा आज हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा भने आंंशिक बदली रहने सम्भावना छ ।

मधेश प्रदेशमा आज दिउँसो र राति आंंशिक बादल मात्रै लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।