२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनको असर कम गर्दै हिमालको अस्तित्व र पहिचान जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ ।

आय यहाँ आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ का अवसरमा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्दै उहाँले धनी मुलुकले गरिरहेको भौतिक विकासको प्रतिस्पर्धामा हामीसँग हिमाल जोगाउने चुनौती रहेको बताउनुभएको हो ।

“हिमालको हिउँ पग्लँदै गर्दा हिमाल, पहाड र तराईमा मात्रै असर गर्दैन, यसले समुन्द्रसम्म र समग्र पृथ्वीमा असर गर्छ, त्यसैलै विश्वको पारिस्तिथिक प्रणाली जोगाउन पनि हिमाल बचाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री पाण्डेले मन्त्रालय यसका लागि सदैव तयार रहेको उल्लेख गर्दै हिमाल जोगाउन निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल भौतिक र पुरातात्विक संस्कृतिले धनी रहेको बताउँदै उहाँले सांस्कृतिक विविधताको सदुपयोग गर्दै पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । “आज मुलुकको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ“, मन्त्री पाण्डेले भन्नुभयो, “उहाँहरुले कोरेको पर्यटनको बाटोबाटै पर्यटन क्षेत्रको विकास सम्भव छ ।” रासस