२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम खेल्ने खेलाडी बने



अ+ अ-

एजेन्सी । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच पोर्चुगलका जैमे फारियालाई हराउँदै अस्ट्रेलियन ओपन २०२५ को तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार रड लेभर एरिनामा भएको खेलमा सर्बियाकी स्टार टेनिस खेलाडीले फारियालाई ६-१, ६-७, ६-३, ६-२ ले हराएका हुन् ।

यो जोकोभिचको आफ्नो ग्रान्ड स्लाम करियरको ४३० औं एकल खेल थियो । यो अंक छुने उनी पहिलो खेलाडी बनेका छन् । उनले स्वीस खेलाडी रोजर फेडेरर (४२९) लाई पछाडि छोडे । सूचीमा अमेरिकाकी सेरेना विलियम्स (४२३) तेस्रो स्थानमा छिन् ।

जोकोभिचले गत वर्ष जनवरीमा अष्ट्रेलियन ओपन, जुनमा फ्रेन्च ओपन र सेप्टेम्बरमा युएस ओपन सहित चारवटा ग्रान्डस्लाम प्रतियोगिताहरू जितेका थिए । उनी विम्बल्डनमा दोस्रो भए । सेप्टेम्बरमा, उनले यूएस ओपन जितेर आफ्नो करियरको २४ औं ग्रान्ड स्लाम जितेका थिए ।

चार पटकका ग्रान्डस्लाम च्याम्पियन कार्लोस अल्काराज बुधबार जितसँगै तेस्रो चरणमा प्रवेश गरेका छन् । स्पेनका तेस्रो वरियताकाले जापानका योशिहितो निशिओकालाई सोझो सेटमा हराए ।

मार्गरेट कोर्ट एरिनामा भएको दोस्रो चरणको खेलमा उसले ६-०, ६-१, ६-४ को सोझो सेटमा जित हात पारेको हो। यो खेल ८१ मिनेटसम्म चलेको थियो ।