२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाराजधिराज’ को फर्स्टलुक सार्वजनिक, दुई अलग चरित्रमा पल



अ+ अ-

काठमाडौँ । फिल्म ‘महाराजधिराज’ को फर्स्टलुक सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा दुई पुरुष छन् । एकजना राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन् भने उनको अगाडि कुर्सीमा बसेका अर्को व्यक्ति ‘न्युड’ अवस्थामा छन् ।

यी दुवै चरित्रमा देखिएका अभिनेता पल शाह हुन् । पोस्टरमा देखिएका उनको क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ ।

फिल्म आगामी वर्ष २०८२ सालको फूलपातीमा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ ।

चलचित्रबारे जानकारी दिँदै पलले फेसबूकमा लेखेका छन्, ‘आजको दिन मेरो लागि विशेष छ । म मेरो एघारौं चलचित्र महाराजधिराजको पहिलो झलक सार्वजनिक गर्दैछु ।’